देशमा भ्रष्टाचारीको बिगबिगी भयो : सरकारका प्रवक्ता

डिसी नेपाल
४ पुष २०८१ १६:५७
292
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले देशमा भ्रष्टाचारीको बिगबिगी रहेको स्वीकारेका छन्।

बिहीबार लमजुङको क्व्होलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्। सबै ठाउँ कमिसनखोर र भ्रष्टाचारीको बिगबिगी रहेको उनको भनाइ छ।

दुई ठूला दल एक ठाउँमा आउँदा अहिले छोटो-छोटो समयमा सरकार ढल्ने समस्याको अन्त्य भएसँगै भ्रष्टाचार निवारणमा ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *