प्रधानमन्त्रीबाट सात बुँदे सहमतिको अपमान भयो : अर्जुननरसिंह केसी

डिसी नेपाल
२५ पुष २०८१ १४:४१
596
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान हुनेगरि अभिव्यक्ति दिएको बताएका छन्।

बिहीबार पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सहमतिकै अपमान भएको बताए।

‘अहिले जो २०८७ मा भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। मैले असजिलो नमानी यो सात बुँदेको अपमान हो भन्छु। २०८७ मा पुग्ला, ९० मा पुग्ला तर प्रारम्भ गर्नुपर्‍यो। त्यसका निम्ति सबै पक्ष, संसद्मा भएका दल मात्रै होइन, संसद‍्बाहिर रहेका शक्तिलाई पनि हामी कसरी जुटाउन सक्छौं हामी? त्यसतर्फ ध्यान दिनुपर्‍यो,’ उनले भने।

संविधान संशोधनलगायत सात बुँदे सहमति भएर कांग्रेस–एमालेसहितको वर्तमान सरकार बनेको स्मरण गर्दै उनले त्यस खिलाप अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *