न्यायपरिषदको सदस्यमा खड्का सिफारिस

डिसी नेपाल
२७ पुष २०८१ १८:४९
176
Shares

काठमाडाैं। नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ।

शनिबार बसेको बार कार्यसमितिको बैठकले दामोदर खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। खड्का बरिष्ठ अधिवक्ता हुन्।

न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन्।

ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ।
संसदीय सनुवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुनेछन्।

बारकी महासचिव अञ्जिता खनालका अनुसार आइतबार बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.