ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै

डिसी नेपाल
१० माघ २०८१ ८:४२
104
Shares

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले पहिलो चरणको आइपीओ निष्काशन गर्न लागेको हो। यो कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्था १८ करोड रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आइपीओ जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८० हजार कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरमा खरिद आवेदन दिन सक्नेछन्।

यो आइपीओको निष्कासन बन्द फागुन ५ गते बैंकिङ समयपछि हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *