संकटा क्लब सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश

डिसी नेपाल
१० माघ २०८१ १७:५५
336
Shares

काठमाडौं। संकटा फुटबल क्लब सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। पराजित भएसँगै चर्च ब्वाइज पहिलो खेलबाट बाहिरिएको छ। संकटालाई जित दिलाउन अबेक रिर्चडले दुई र चन्दन दासले एक गोल गरे। खेलको २३औं मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए। ७० औं मिनेटमा रिचर्डले संकटाको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेटपछि नै चन्दन दासले गोल गर्दै संकटाको अग्रता ३–० मा पुर्‍याएका थिए। प्रतियोगीता अन्तर्गत शुक्रबार पुलिस क्लब र बागमति क्लवबीच खेल हुने छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सुरु प्रतियोगितामा आयोजकका तर्फबाट बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी छन्। प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.