स्पेनिस ला लिगा: रियलको शीर्ष स्थान थप मजबुत

डिसी नेपाल
१३ माघ २०८१ ८:३७
496
Shares

काठमाडौं। रियल म्याड्रिडले स्पेनिस ला लिगामा अर्को जित निकालेको छ।

रियलले भालाडोलिडलाई शनिबार राति ३(० ले हराएको हो। साबिक बिजेताको यो जितसँगै अंकतालिकाको दुरीलाई अझै बढेको छ।

रियलको जितमा केलियन एम्बाप्पेको ह्याट्रिक गरेका थिए। ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपेका थिए।

इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए। रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।

यो जितसँगै रियलको २१ खेलबाट ४९ अंक भएको छ। दोस्रो स्थानको एलेटिको म्याड्रिडको समान खेलबाट ४५ अंक छ। एटलेटिकोले भिल्लारियलसँग १-१ को बराबरी खेलेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.