संसद अधिवेशनको तयारी तीब्र, आज कार्यब्यवस्थाको बैठक बस्दै
काठमाडाैं। हिउँदे अधिवेशनका लागि तयारी तिब्र पारिएको छ। माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन्।
जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा बाेलाएका छन्। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
साेमबार प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवाबरमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment