सहिद दिवसको अवसरमा सरकारले विशेष समारोह आयोजना गर्ने

डिसी नेपाल
१५ माघ २०८१ १४:२५
124
Shares

काठमाडौं । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए।

सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए। श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए।

त्यस्तै बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय भएको बताए। सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले सुशासन प्रवद्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको स्पष्ट पारे।

सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बद्नियत सरकारको नरहेको र सदनमा नै खुला रुपमा अध्यादेशका बारेमा छलफल हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *