स्वास्थ्य बीमा रकम पाँच लाखसम्म पुर्‍याउने आधारसहित प्रधानमन्त्रीसमक्ष कार्ययोजना प्रस्तुत

डिसी नेपाल
१६ माघ २०८१ १४:३२
436
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्।

मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएका हुन्।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै पाँच लाख पुर्याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन्।

प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम पाँच लाखसम्म पुर्याउन सकिने आधार समावेश छन्।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *