राजा र जनता मिलेर देशलाई बचाउनुपर्छ : कमल थापा

डिसी नेपाल
७ फागुन २०८१ १७:२९
136
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र जनता मिलेर देशलाई बचाउने र बनाउने बेला भएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्रले मंगलबार देश बनाउनका लागि आफूलाई साथ दिन आग्र गरेसँगै थापाले यस्तो बताएका हुन्।

‘राजा ज्ञानेन्द्रबाट अत्यन्तै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको छ। फेरि राजा र जनता मिलेर साझेदारीमा देशलाई बचाउने र बनाउने काम गर्नुपर्छ,’ अध्यक्ष थापालाई सम्बोधन गर्दै महामन्त्री राजाराम बर्तौलाले भने।

यस्तै उनले राजाको सदासयतालाई नकारात्मक रूपमा लिन र टीकाटिप्पणी गर्न आवश्यक नरहेको पनि बताएका छन्। ‘राजाको भनाइ प्रजातन्त्र, दल र नेताविरुद्ध होइन, मुलुकको समस्याप्रति हो। कसैलाई निषेध नगरौँ, सबै अटाउने प्रणाली आवश्यक छ,’ उनले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *