राष्ट्रपति पौडेल आज धरान आउँदै

डिसी नेपाल
९ फागुन २०८१ ७:४६
172
Shares

धरान। राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउँदै छन्। राष्ट्रपति पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न आउन लागेका हुन्।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा उत्रिएर कार्यक्रम स्थल आउने ट्राफिक प्रहरीले बताएको छ।

उनले धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको छ। मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिने धरान-९ का वडाअध्यक्ष रुपेश आचार्यले बताए।

३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्मन्न गरिएको र धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *