त्रिविद्वारा स्ववियु निर्वाचन तालिका सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ। त्रिविले चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो।
निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ।
उम्मेदवारको चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment