लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक

डिसी नेपाल
१० फागुन २०८१ १२:२४
112
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए।

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ। यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो। त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ,’ उनले भने।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए।

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरि संविधान संशोधनको तयारी भइरहेको उनले बताए। संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याए।

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ। राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *