राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो, यसमा सत्य कुरा मात्र छ : ओली

डिसी नेपाल
१० फागुन २०८१ १६:१८
528
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए।

उनले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होईन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो। यसमा केही अन्य कुरा मिसिएको छैन। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैँन्। म ढुक्क छु, साक्षि छु।’

उनले भने, ‘अर्को यसबाट मैले केही कुराहरू थाहा पाएको छु। केही माग, इच्छाहरु रहेछन्। जन्म दिनमा फूल दिउ भने भोलिपल्ट याद आउँछ। यतिका वर्ष यस्तै गरेर नै गयो। तर मेरो जन्मदिन भने उसले भव्यताका साथ मनाउने गरेकी छन्।’

यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए।

उनले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ। केहीपनि छैन्। सबै सकाएर हिडेको मान्छे हुँ। एउटा श्रीमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए। त्यही भएर म पाल्न सक्दिन् पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिए।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *