प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

डिसी नेपाल
१४ फागुन २०८१ १६:२६
368
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ।

भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो।

भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवासंघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए। राष्ट्रिय युवासंघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ। प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *