पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन

डिसी नेपाल
१४ फागुन २०८१ १८:३४
96
Shares

किमाथांका (सङ्खुवासभा)। सुख्खा पहिरो खसेर अवरुद्ध जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सञ्चालनमा आएको छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डको भोटखोलामा पहिरोका कारण गत सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो।

भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए। उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुङ्गासहित सुख्खा पहिरो खसेको थियो।

यस सडक खण्डमा सुख्खा पहिरोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ। च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्म हिउँदमा मात्रै गाडी चल्ने गरेको छ। खाँदबारी–किमाथांका एक सय ६२ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो।

यो सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो। सो सडकले कोशी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। राष्ट्रिय गौरवको खाँदबारी– किमाथांका सडक आयोजनामा हालसम्म रु ५३ करोड बढी खर्च भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.