दोगडाकेदारमा गोली चल्दा एक घाइते
बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन्।
सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टले गोली प्रहार गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको अन्य विषयमा अनुसन्धान जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment