च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा

डिसी नेपाल
१९ फागुन २०८१ ७:२५
576
Shares

काठमाडौं। जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पूरा भएको हो।

च्याम्पियन्स ट्रफीको समूह ए बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्।

अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरुद्ध हुने छ भने न्यूजील्याण्डको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ।

पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच मंगलबार दुबईमा हुने छ भने दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुने छ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.