आज सामान्य घट्यो सुनको भाउ

डिसी नेपाल
२३ फागुन २०८१ ११:२०
632
Shares

काठमाडौं।  नेपाली बजारमा शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *