तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन योगेशले मागे आरजुको सहयोग

डिसी नेपाल
२३ फागुन २०८१ १२:१५
220
Shares

काठमाडौं। नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन्।

शुक्रबार मन्त्री राणालाई भेटगर्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किमी सड़क बिस्तर,कालोपत्रे, र पुलहरूको निर्माणका लागि चिन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फ़बाट चिनिया सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेको जानकारी दिएका छन्।

साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *