सुर्खेत पुगेका प्रधानमन्त्रीको हर्न बजाएर विरोध

डिसी नेपाल
२३ फागुन २०८१ १४:३४
1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रममा सरिक भएका छन्।

उनले उक्त कार्यक्रममा सरिक हुन पुग्दा बाटोमा जनताको विरोध खेप्नु परेको छ। प्रधानमन्त्री ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो।

सडक खाली गराइएपछि दु:ख खेप्नु परेको भन्दै जनताले हर्न बजाएर विरोध गरेका हुन्। गणतन्त्रमा प्रधानमन्त्री आउँदा सडक खाली गराउनु दुर्भाग्यपूर्ण भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएका थिए।

करिब २० मिनेट यातायात बन्द गर्नुका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो। अहिले अवस्था सामान्य रहेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *