राजतन्त्र फर्काउने हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

डिसी नेपाल
२४ फागुन २०८१ ११:३१
316
Shares

डोटी । गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा केही साथीबाट भइरहेको होहल्ला काम नलाग्ने बताएका छन्। शनिबार डोटीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्।

नेपालमा लोकतन्त्रविरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने उनको भनाइ छ। ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ। देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग गरिरहेका छन्,’ उनले भने।

नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न उनको सुझाव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *