खेलकुद स्वस्थ जीवन र देश विकासको आधार: उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
२५ फागुन २०८१ २१:४४
28
Shares

भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले खेलकुद स्वस्थ जीवन र देश विकासको आधार भएको बताएका छन्।

भक्तपुरको खानोठिमी खेल मैदानमा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको तीन दिने जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको विकास देश विकासको आधार भएको बताए।

उपप्रधानमन्त्री सिंहले खेलकुदको विकासले देशको नाम अन्तरराष्ट्रिय जगतमा उच्च राख्न सहयोग पुग्ने भन्दै नेपालमा खेलाडीहरू खेलबाटै आत्मनिर्भर हुन अवस्था बन्न थालेको चर्चा गरे।

उनले विद्यालय तहबाटै खेलकुदको आधार र जग बसाल्न स्थानीय तहले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।

प्रतियोतिमा उसु, तेकान्दो, कबड्डी, कराते, एथ्लेटिक्स र भलिबल गरी छ खेलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भक्तपुर, मध्यपुर र चाँगुनारायण नगरपाालिकाका आठ सय ५० खेलाडी सहभागी भएका छन्। यहाँ विजयी हुने ९० खेलाडी प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *