जनकपुरमा बस दुर्घटनामा २० यात्रु घाइते, ६ वटा एम्बुलेन्सबाट अस्पताल पुर्‍याइँयो

डिसी नेपाल
१ चैत २०८१ १२:१८
848
Shares

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

आज परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना५ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ। यद्यपी घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ।

१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए। अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *