राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौवाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।
उनले भीडले नेताहरूलाई विस्थापीत गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई हुने भन्दै आफूहरू दलहरू सवै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे।
लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक–अर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे।
उनले पूर्वराजाको स्वागतमा आफूहरूले अहिलेसम्मै ठूलो जनसागर देखेको बताए। यद्यपी केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनले बताए।
उनले अहिलेको अवस्थामा सञ्चारजगत पूवाग्राही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनार्फत लैजान दिन नहुने उल्लेख गरे।







डिसी नेपाल







Facebook Comment