कविता प्रतियोगिता २०२५ आयोजना हुँदै

डिसी नेपाल
२ चैत २०८१ ७:४४
84
Shares

अमेरिका। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा साहित्य समितिले कविता प्रतियोगिता २०२५ को आयोजना हुने भएकाे छ।

समितिका अध्यक्ष साहित्यकार राजेन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै कविता प्रतियोगिताका विषयमा जानकारी दिएका हुन्।
यस नेपाली भाषा साहित्य समिति विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूकाबिच ‘के म नेपाली हैन र?’ भन्ने शीर्षकमा कविता प्रतियोगिताको आयोजना गर्न लागेको हाे।

कविता प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले सन् २०२५ मार्च ३१ अर्थात् विक्रम संवत् २०८१ चैत्र १८ गतेसम्ममा कविता पठाउन आव्हान गरिएकाे छ।

कविता प्रतियोगिताको नियमहरू :

१) नेपाली कविता नितान्त मौलिक, अप्रकाशित र बढीमा २०० शव्दसम्मको हुनुपर्नेछ ।

२) कविता प्रतियोगिता सम्बन्धमा निर्णायकको निर्णय नै अन्तिम हुनेछ ।

३) एकजना कविको एउटामात्र कविता स्वीकार गरिनेछ । म्याद नाघी आएको कविता प्रतियोगितामा समावेश गरिने छैन ।

४) कविताको साथमा प्रतियोगी कविले आफ्नो सम्पर्क नम्बर, पासपोर्ट साइजको फोटो र सङ्क्षिप्त परिचय पठाउनु पर्नेछ ।

५) प्रतियोगितामा छानिएका कविताहरू यस समितिको प्रकाशन ‘साहित्य सौरभ’ मा प्रकाशित गरिनेछ ।

६) विजेताहरूलाई

प्रथम पुरस्कार- ६०० डलर,

द्वितीय पुरस्कार- ४०० डलर,

तृतीय पुरस्कार- ३०० डलर र

तीनजनालाई १०० डलरका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

कविता पठाउने ठेगाना: [email protected]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.