कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै

डिसी नेपाल
१९ चैत २०८१ १७:२०
256
Shares

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन्। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ।

समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ।

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरि काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुसपर्नेमा जोड दिएका छन्। शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरि काम भइरहेको र अब नियमित रुपमा मन्त्रालयबाटै निरिक्षणको व्यवस्था मिलाइएको बताए। ‘आजबाट मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ।’

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए। आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले काम गरिररहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *