नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित

डिसी नेपाल
१९ चैत २०८१ २१:०४
136
Shares

काठमाडौं। अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अंक बटुलेको छ। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो।

धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक/एक गोल थपे । यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए। खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए।

खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे। खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४-१ को फराकिलो जित पक्का गरे। बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.