तीनकुने घटना : भाटभटेनीका बहादुर सुरक्षा गार्ड पुरस्कृत

डिसी नेपाल
२० चैत २०८१ १०:३९
952
Shares

काठमाडौं। राजावादी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाट भटेनी सुपर मार्केटमा लुटपाट चल्दा कर्तव्य पालना गरेका सुरक्षा गार्डको ५ ग्रेड बढुवा गरिएको छ।

कर्तव्य निर्वाह गरेको भनी उनलाई पुरस्कार नगद ५ लाख रुपैयाँ पनि दिइएको छ।

चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक सम्मान गर्ने सुरक्षा गार्ड डोरप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाट भेटनी सुपर मार्केटले सम्मान गरेको हो। भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे।

त्यस्तै अन्य गार्ड र कर्मचारीहरुलाई २५ हजार नगद र एक ग्रेड प्रमोसन गरेको छ। सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ।

सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *