नेपाली सेनाको टोली म्यानमार प्रस्थान, भूकम्पका घाइतेको उपचारमा खटिने

डिसी नेपाल
२० चैत २०८१ १४:३९
256
Shares

काठमाडौं । सरकारले म्यानमारमा मेडिकल सहायतासहित २२ सदस्यीय सैनीक टोली पठाएको छ।

भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिक बोकेको नेपाली टोली सेनाको हेलिकप्टरमार्फत बुधबार त्यसतर्फ प्रस्थान भएको हो।

टोलीले करिब एक साता म्यानमारमा रहेर भूकम्पमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ।

समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *