शून्य सहनशिलताका विषयमा कसैसँग सम्झौता हुँदैन : मुख्यमन्त्री शाह

डिसी नेपाल
२२ चैत २०८१ १६:३९
104
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै सम्झौता नहुने बताएका छन्।

शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताएका हुन्।

‘केही दिनअघि विवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,’ मुख्यमन्त्री शाहले भने, ‘भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ।’

विवादित अडियोका सन्दर्भमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडी बढाउनु पर्ने उनको धारणा छ। ‘यसमा मेरो व्यत्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ। दोषी दण्डित हुनुपर्दछ। दोषीले उन्मुक्ति पाउनु हुँदैन,’ उनले भने।

अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाइकाले प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता जनाए।

संसद सुचारु गर्न पटक–पटकको सर्वदलीय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए। उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा विश्वास व्यक्त गरे।

फरक प्रसंग मुख्यमन्त्री शाहले मुलुक संघीय संरचनामा गइसकेकोले संघीयताको विकल्प नरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.