माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

डिसी नेपाल
२४ चैत २०८१ २०:३५
332
Shares

काठमाडौं। नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। यही चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उनले आग्रह गरेका छन्।

महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ। महासंघ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए। उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.