कमल थापाले बोलाए कार्यसम्पादन समितिको बैठक
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाका बारेमा अध्यक्ष थापाबाट कार्यसम्पादन समितिमा ब्रीफिङ हुने उनको भनाइ छ।
तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाईको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment