डोनाल्ड ट्रम्पले अब औषधिमा पनि कर लगाउने

डिसी नेपाल
२७ चैत २०८१ १०:३१
372
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै अमेरिकाले औषधिमा कर लगाउने बताएका छन्।

उनले भने, “हामी आवश्यक कदम चाल्दैछौं। जब हामी औषधिमा शुल्क लगाउँछौं विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन् किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।”

ट्रम्पले यसले औषधि कम्पनीहरूमाथि दबाब पर्ने दाबी गरेका छन्। जसका कारण ती कम्पनीहरूले चीन जस्ता देशहरूबाट आफ्नो व्यवसाय सार्नेछन् र अमेरिकामा कारखाना स्थापना गर्नेछन् ताकि उनीहरूले अमेरिकामा औषधि बेच्न सकून्।

ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए। तर ट्रम्पले पहिले नै औषधिमा छुट्टै कर लगाउने बताउँदै आएका छन्। विश्वका अधिकांश औषधिहरू चीन, भारत र युरोपमा उत्पादन गरिन्छ।

केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्। यो निर्णयले भारतको जेनेरिक औषधि उद्योगलाई पनि असर गर्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.