काठमाडौंमा सिमसिम वर्षा, प्रदूषणबाट राहत मिल्ने
काठमाडौं । काठमाडौं उपत्यकासहितका देशका केही जिल्लामा हल्का पानी परेको छ।
झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च प्रदूषण रहेको समयमा परेको हल्का पानीले थोरै भए पनि राहत महसुस हुने महाशाखाको भनाइ छ।
वायु प्रदूषणको स्तर बढेसँगै आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरू देखिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment