नेपाल र अफगानिस्तानको खेल वर्षाले रोकियो, खेल हुन नसके नेपालले जित्ने

डिसी नेपाल
२७ चैत २०८१ १४:५२
2.7k
Shares

काठमाडौं । काठमाडौंको मूलपानी मैदानमा भइरहेको नेपाल र अफगानिस्तानको अण्डर १९ टिमको तेस्रो एकदिवसीय खेल वर्षाले अवरुद्ध भएको छ ।

यदि वर्षा रोकिएर खेल अगाडि बढ्न सकेन भने यो खेल डकवर्थ लेविस नियमका आधारमा नेपालले जित्नेछ । आइसीसी यू–१९ विश्वकप छनोटको तयारीका रुपमा यो सिरिज भइरहेको हो ।

आजको खेलमा नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको हो । यो अवस्थामा बाँकी खेल हुन नसके नेपाल डर्कवर्थ लेविस नियमका आधारमा विजयी हुनेछ ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । तीन खेलको श्रृंखलामा अफगानिस्तान २–० ले अघि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.