अफगानिस्तानमाथि नेपालको ८५ रनको जित
काठमाडौं । काठमाडौंको मूलपानी मैदानमा भइरहेको नेपाल र अफगानिस्तानको अण्डर १९ टिमको तेस्रो एकदिवसीय खेल नेपालले जितेको छ । सुरुका २ खेल गुमाएको नेपालले तेस्रो तथा अन्तिम खेल ८५ रनले जितेको हो ।
वर्षाले अवरुद्ध भएको खेल अगाडि बढ्न नसकेपछि डकवर्थ लेविस नियमका आधारमा नतिजा घोषणा गरिएको हो । आजको खेलमा नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । तीन खेलको श्रृंखलामा अफगानिस्तानले २–१ ले जितेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment