रामेछाप जाँदै गरेको यात्रुवाहक बस अर्को हाइसलाई ठक्कर दिँदै सडकबाट तल खस्यो

डिसी नेपाल
२८ चैत २०८१ १०:२६
4.2k
Shares

काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस काभ्रेको रोशी गाउँपालिकामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ ।

बस चिप्लिँदा खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइसलाई पनि ठक्कर लागेको भए पनि हाइसका यात्रु भने सकुशल छन् । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *