दशकौं पछि यो वर्ष उठेन विस्का जात्राको लिंगो

डिसी नेपाल
१ वैशाख २०८२ १०:२२
1.2k
Shares

भक्तपुर। रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार उठाउन असफल भएको छ। भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल नभएको हो।

राति १ बजेसम्म पनि आधी मात्रै उठन सफल भएको थियो। नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ। आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने परम्परा छ। दसकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो।

यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ। ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *