पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा

डिसी नेपाल
१० वैशाख २०८२ २२:१२
324
Shares

काठमाडौं। स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो। बिनोङले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोलनै पोखराको लागि निर्णयक गोल सावित भयो। यस जितसँगै पोखराले उपाधिका लागि अब साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ।

पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो। उक्त प्रतियोगिताको फाइन खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.