पोखरा स्पोर्टस् अवार्डः चार विधामा मनोनयन सार्वजनिक

डिसी नेपाल
१७ वैशाख २०८२ १६:१२
44
Shares

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ। मञ्चले आज अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही (म्याग्दी), फेन्सिङका कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा(बाग्लुङ) मनोनयनमा परेका छन्। यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन्।

उदीयमान खेलाडीतर्फ एथलेटिक्सका बादल कार्की (बाग्लुङ), भलिबलका जीतबहादुर सार्की (स्याङ्जा) र क्रिकेटमा रचना चौधरी (कास्की)तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ(कास्की) मनोनयनमा परेका छन्।

अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले बर्सेनि अवार्ड प्रदान गर्दै आइएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताए।

अवार्डको तयारीका लागि अध्यक्ष घर्ती संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ।

आर्थिक संकलन उपसमिति संयोजकमा विमल तिवारी, प्रचारप्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तरराष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, संघसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण दवाडी र स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रवीन मगर रहेका छन्।

यसैगरी सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति वसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल रहेका छन्।

मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मूल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली रहेका मञ्चका महासचिव प्रशुराम आचार्य शर्माले जानकारी दिए। खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.