जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

डिसी नेपाल
१८ वैशाख २०८२ २१:५०
152
Shares

कटारी (उदयपुर) उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो। उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन्।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते झापाको दमक नगरपालिका–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनामा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाललाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिइएको छ। चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको पनि कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.