म्यानचेस्टर युनाइटेड ३-० को जीतमा

डिसी नेपाल
१९ वैशाख २०८२ ८:४१
84
Shares

काठमाडौं। युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ ।

उसले एथलेटिक क्लबमाथि ३–० को जीत हासिल गरेको छ । गएराती एथलेटिक क्लबको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ३–० गोल अन्तरको जित हासिल गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फेर्नानडेजले २ गोल गरेका थिए भने क्यासेमिरोले एक गोल गरेका थिए । यस खेलमा खेलको ३५औँ मिनेटमा डानी भिभियानले रातो कार्ड पाएपछि एथलेटिक क्लब १० खेलाडीमा सिमित भएको थियो ।

अब सेमिफाइनलको दोस्रो लिग म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा मे ९ मा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.