श्रमिक दिवसको अबसरमा टुकोनको रक्तदान र खनाललाई सम्मान
काठमाडौं। १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा राप्रपा नेपाल आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिको सिद्धिचरण हलमा सम्पन्न कार्यक्रममा संगठन आबद्ध नेता कार्यकर्ताहरुले रक्तदान गरेको संगठनका अध्यक्ष हिक्मतजंग भण्डारीले जानकारी दिए।
श्रमिक दिवसको अबसरमा टुकोनले प्रबचन गोष्ठी समेत आयोजना गरेको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनको मुखपत्र “परिश्रम” का सम्पादक कृष्ण खनाललाई सम्मान सहित पुरस्कृत गरिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment