भारत पाकिस्तान तनावबारे चीनले भन्यो, “चीनले पाकिस्तानलाई सधैं समर्थन गर्नेछ”

डिसी नेपाल
१९ वैशाख २०८२ १५:२९
1.8k
Shares

काठमाडौं । चिनियाँ राजदूत जियाङ त्सेतुङले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई पाकिस्तानको राजधानी इस्लामाबादमा भेटेका छन्।

यस भेटमा चिनियाँ राजदूतले दक्षिण एसियामा शान्ति र स्थायित्वका लागि चीनले पाकिस्तानलाई सधैं समर्थन गर्ने बताएका छन्।

पहलगाम आक्रमणपछि पाकिस्तानलाई निरन्तर सहयोग गरेकोमा शाहबाज शरीफले चीनलाई धन्यवाद दिए। उनले भने – पाकिस्तान सधैं आतंकवादको विरुद्धमा छ र यस युद्धमा धेरै कुरा गुमाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले केही दिनअघि पाकिस्तानी उपप्रधानमन्त्री इशाक दारसँगको टेलिफोन वार्तामा जम्मू कश्मीरमा भएको आक्रमणपछि चीनले ‘पाकिस्तान र भारतबीच बढ्दो तनावमा नजर राखेको’ बताएका थिए।

पाकिस्तानी प्रधानमन्त्रीले पानीलाई हतियारको रूपमा प्रयोग गर्ने भारतको निर्णय अत्यन्तै खेदजनक भएको बताएका थिए। उनले भारतले सिन्धु जल सन्धि निलम्बन गरेको कुरालाई उल्लेख गर्दै यो कुरा भन्दै थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.