२२५ केजी गाँजासहित चार जना पक्राउ

डिसी नेपाल
२० वैशाख २०८२ १५:५१
408
Shares

रौतहट । बारा प्रहरीले लागूऔषध गाँजा २२५ केजीसहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट एक ट्र्याक्टरमा लुकाएर राखेको अवस्थामा लागूऔषध गाँजा बरामद गरेको हो।

ट्र्याक्टरको ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २२५ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पार्किङ गरी राखिएको ट्र्याक्टर ना.प्र. २–०३–००१ त ४८७६ बाट गाँजा बरामद भएको छ।

प्रहरीले अनुसन्धानका क्रममा मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए।

ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.