रचनात्मक सुझावसहित नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय

डिसी नेपाल
२० वैशाख २०८२ १८:५०
140
Shares

काठमाडौं। नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा तथा रचनात्मक सुझाव सहित समर्थन गर्ने निर्णय गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले देशका प्राथमिकतालाई केन्द्रमा राखि सुशासन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने गरि नीति तथा कार्यक्रम आएको भन्दै समर्थन गर्ने निर्णय गरेको हो।

बैठकले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सम्पन्न हुने गरि आगामी आर्थिक बर्षको बजेट तयार गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

बैठकले संसद र समितिमा बिचाराधीन विधेयकहरु अघि बढ्न ढिलाई भएको निष्कर्ष निकाल्दै गम्भीर भएर विधेयक अघि बढाउनका लागि क्रियाशिल हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको उनले बताए।

बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.