साहित्यकार पहाडी र वललाई जनमत राष्ट्रिय सम्मान

डिसी नेपाल
२० वैशाख २०८२ २१:१३
124
Shares

काठमाडौं। जनमत वांमय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ।

नेपाली भाषा, साहित्य र वांमयमा पुर्‍याएको योगदान वापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र वललाई जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो।

वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले पहाडी र वललाई दोसल्ला, सम्मान पत्र, खादा र नगद अर्पण गरे।

जनमत वांमय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुटेका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरि सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताइन्। कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजा लगायतले कवितावाचन गरेका थिए।

प्रतिष्ठानले नेपाली भाषा र साहित्यको प्रवर्द्धनका लागि पुस्तकालय निर्माण, स्रष्टा सम्मानका साथ साथै ‘जनमत’ साहित्यक मासिक निरन्तर प्रकाशन गर्दै आएको र हाल ३ सय ३० औँ अंक प्रकाशन भइसकेको अध्यक्ष दुवालले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.