सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

डिसी नेपाल
२० वैशाख २०८२ २३:४३
12
Shares

अदानचुली (हुम्ला)। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। आठवटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र गाउँपालिकास्तरबाट अनुगमनका क्रममा निर्धारित उमेर समूहका बालबालिका सबै खोप लगाएका भेटिएपछि आज गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँँपालिकाका आठवटै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सिमकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताए।

सबै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपछि गरिएको अनुगमन, स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार घरधुरी सर्वेक्षणका क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका पाँच सय ५५ जना रहेका उनले जानकारी दिए। उनका अनुसार खोप लिइरहेका जन्मेदेखि पन्ध्र महिनासम्मका बालबालिका भने एक सय ८४ जना छन्।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक शिवराज शर्माको प्रमुख आतिथ्यमा पालिकालाई खोप सुनिश्चित घोषणा गरिएको छ।

कार्यक्रममा खोप अभियानलाई सहयोग गर्ने पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपूर्णकर्मी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदरपत्रले सम्मान गरिएको छ। साथै आठवटै वडामा कार्यरत स्वस्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.