रौतहटमा कारले मोटरसाईकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

डिसी नेपाल
२१ वैशाख २०८२ १२:११
136
Shares

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ।

हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा चोट लागेर गम्भिर चोट लागेको थियो।

सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताएका छन्।

त्यस्तै मोटरसाईकलमा पछाडी सवार मृतक सहनीको छोरी वर्ष ४० कि उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उर्मिला देवीलाई स्थानिय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन्।

ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ बस्ने वर्ष ४३ को कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिममा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.